सुन लिएर आऊँछु । गजल । साथी समिर । - Palpali Milan

24 February 2012

demo-image

सुन लिएर आऊँछु । गजल । साथी समिर ।

sathi+sameer
पर्खिएर बस्नु सानु सुन लिएर आऊँछु
धेरै वर्ष खान पुग्ने नुन लिएर आऊँछु !!

फ़ाटेका ति भित्ताहरू टाली राख्नु तिमी
रंग्याऊँन भित्ताहरू चुन लिएर आऊँछु !!

बियोगका गीत बजाई रुन्छौ भन्ने सुन्छु
मिलनमा नाच्न मिल्ने धुन लिएर आऊँछु !!


फ़ाटी सक्यो होला तिम्रो मखमली चोली
जाडो गर्मी दुबै धान्ने ऊन लिएर आऊँछु !!

सपनाको संसारमा भुल्यौ हामी धेरै
यथार्थ मै खुसिको त्यो जून लिएर आऊँछु !!

गजलकार
साथी समिर
झापा नेपाल हाल यु.ए.ई.

Search

Contact Form

Name

Email *

Message *