नेपाली गजल "मनै पनि रमाइलो " सरिता शर्मा समदर्शी । - Palpali Milan

20 March 2012

demo-image

नेपाली गजल "मनै पनि रमाइलो " सरिता शर्मा समदर्शी ।

Sarita+Sharma+Samadarshi
कोइलीको कुहु सुन्दा वनै पनि रमाइलो
तिमीलाई भेट्न पाए मनै पनि रमाइलो

चाहिदैन् नरम डस्ना एक निन्द्रा निदाउन
तिम्रो काख र खुल्ला गगनै पनि रमाइलो

पर्खाउछौ मध्य घाममा आउँदैछु म भनी
पोलिदिने तब त्यो किरनै पनि रमाइलो


तिम्रै हुँ म भनी जब विश्वास दिलाउछौ
लजाउदै ढाक्न पर्ने योवनै पनि रमाइलो

कोइलीको कुहु सुन्दा वनै पनि रमाइलो
तिमीलाई भेट्न पाए मनै पनि रमाइलो

गजलकार
सरिता शर्मा समदर्शी
कालिङ्गपोङ्ग भारत

हाम्रो अभियान “श्रष्टाको सम्मान” ।

Search

Contact Form

Name

Email *

Message *