" एक हुल ताराहरू "
एक हुल ताराहरू
मेरो शिर उपर छटपटाईरहेको देखें,
सायद,विपन्नता त्यहाँ पनि उस्तै होला,
अनिकालले जरा गाढेर
पेटमा महेन्द्र राजमार्ग झैँ लामो
पटुका कसेर
कतै आहारको खोजीमा निस्के झैँ देखिन्थे ।
कुनै तारा को आखाँबाट बलिन्द्र वर्षा बर्सिरहेको,
सायद त्यहाँ पनि,
दश वर्षे जनयुद्धले छोरो,भाई,श्रीमान,बुहारी खायो होला !
म निरिह हेरि रहें,बस हेरि रहें ।
अर्को जत्था फेरी हुईकियो,
आकाश फोडेर
अस्तित्व भागबन्डा लगाऊँन तम्सने समूहको विरोधमा ,
कोही,
बादल निचोर्दै थिए,
कोही,
कोही हावा चिथोर्दै ,
डर विक्षिप्त जीवित,
कुनै विध्वंसको,
तैले किन धेरै प्रकाश दिईस,
तँ चै किन बलिनस,बल्ने समयमा,
यस्तै विवाद म झर्लंग सुन्न सक्थें ।
सोचे त्यहाँ पनि यीनै मनुष्य झैँ स्वभाव फैली सकेछ ।
म हेरी रहें, केवल हेरी रहें ।
एक तारा,
सानो झोला भिरेर लाग्दै थियो,
मुग्लानी पारामा,
सानी छोरीको मुहारमा ज्योती भर्ने सपना बोकेर,
ताराको नाईके कुर्लदै थियो,
अब एक वर्षमा तारा समाजलाई स्वर्ग बनाऊँछु,
म अवाक् भएँ ,
फोश्रो आस्वासन त्यहाँ पनि ।
म मौन हेरि रहें, हेरी रहें ।
बिस्तारै सूर्यको आगमनको शंका जगमगायो ।
खैला बैला मच्चियो तारा बिच ,
विचरा ताराहरू बिस्तारै ,
मलिन हुदै गए ,
विलिन हुँदै गए ,
छोप्यो सबै तारा सूर्यले ,
न तारा रहे न अवशेष ।
ताराको संसार पल भर मै मासिएको हेरी रहें ...हेरी रहें ।
कवि
साथी समिर
झापा नेपाल हाल यु.ए.ई