कस्तो होला मेरो दिलको माली राजा ? नेपाली गीत । अस्मी जी.एम । - Palpali Milan

21 October 2015

demo-image

कस्तो होला मेरो दिलको माली राजा ? नेपाली गीत । अस्मी जी.एम ।

कस्तो होला मेरो दिलको माली राजा ?


asmi+g+m
कहाँ होला कस्तो होला मेरो दिलको माली राजा
कैले होला डोली सजाई लिइ आउने पन्चे बाजा

कल्पनामा रम्दा मनमा खुशी छाउँछ यति धेरै
बेर्न पाए अंगालोमा लाग्थ्यो होला संसार मेरै

सपनीमा बिपनिमा आउनेले याद् शुभ साँझ
कैले होला डोली सजाई लिइ आउने पन्चे बाजा



लौन दैव उसै संग मेरो छिट्टै मिलन गर
जुनी जुनी बनाएर यौटा पिपल अर्को बर

कहाँ होला कस्तो होला मेरो दिलको माली राजा
कैले होला डोली सजाई लिइ आउने पन्चे बाजा

गीतकार
अस्मी जी.एम.
पोखरा नेपाल

Search

Contact Form

Name

Email *

Message *