******Rupak Part - 4****** mYsterious giRL-2 - Palpali Milan

Recent

21 September 2010

******Rupak Part - 4****** mYsterious giRL-2

mYsterious giRL-2

रुपक र रुपा कुरा गर्दागर्दै धेरै टाढा आइसकेका हुन्छन । अनि रुपाले आफ्नो कारको गति कम गर्दै लगेर बाटोको छेउमा रोक्छिन अनि रुपकलाई केही खानेकुरा लिएर आउनु न भन्दै आफ्नो पर्शबाट हजारको नोट निकालेर दिन्छिन । रुपकले पहिला त पैशा लिन मान्दैन तर रुपाले कर गरेपछि र आफ्नो पर्श पनि हराको र तीन देखि भोको भको हुदाँ त्यो नोट लिएर बाटोबाट करिब १० मिटर जति माथि डाडाँमा रहेको दोकानमा जान्छ । दोकानमा गएर केहि चाउचाउ,चिप्स र मिनरल वाटर लिएर फर्किन खोज्दा दोकानदारसँग हजारको खुल्ला नभएर त्यसको खुल्ला गराउन गएर आउँदा धेरै समय बित्छ ।
...


रुपकले झोलामा सबै कुरा राखेर फर्किदा रुपाले कार लिएर धेरै टाढा पुगिसकेको देखेर रुपा–रुपा भन्दै कारको पछि लाग्छ तर कार धेरै पुगिसकेको हुन्छ र रुपकको मुहारमा नचाहदानचाहदैँ फेरि निराशाको कालो बादल छाउँछ । यस्तैमा एउटी सानी नानीले रुपकको हात समातेर “ दादा–दादा यो लिनुहोश, मलाई यो अगि कार चलाएर जानुभको दिदीले हजुरलाई दिनु भनेर दिनुभको” भन्दै एउटा कागजको टुक्रा दिन्छिन ।

रुपकले त्यो कागजको टुक्रा पल्टाएर हेर्दा त्यसमा लेखिएको हुन्छः
रुपकजी,
मलाई अत्यन्तै Emergency काम परेर तुरुन्तै अस्पताल जानुपर्ने भो , त्यही भएरलाई कुर्न सकिन, नरिसाउनुहोला , यहाँबाट अलि अगाडिबाट बस पाइन्छ , त्यसैमा चढेर घर जानुहोला, दैवले चाहेमा फेरि भेट्दैँ होला....
हजुरकी फ्यान
रुपा

पत्र पठिसकेपछि रिश र निराशा भरिएको रुपकको मन हलुङ्गो हुन्छ । अनि आफ्नो झोलाबाट एउटा चाउचाउ निकालेर त्यो सानु नानुलाई दिन्छ र आफ्नै तालमा चिप्स खादैँ–खादैँ उही आफुलाई मनपर्ने गित “ पर्खिबसे आउला भनि मेरो उठ्ने पालो........” गुनगुनाउदैँ त्यहाँबाट अगि बढ्छ ।

के रुपकले फेरी रुपालाई भेट्ला वा रुपकले फेरी नयाँ समस्या झेल्नुपर्ने हो ? खुल्दुली त पक्का पनि लाग्यो होला, होइन र ? त्यसो भए

No comments:

Post a Comment

Search