***** मनको बह **** - Palpali Milan

Recent

10 June 2012

***** मनको बह ****

Couple 01
असिम स्नेह अगाध प्रेम केवल तिम्रो लागि मात्र ल !

जिन्दगीको एक यात्रा यात्राको यहि दौरानमा धेरै धेरैसँग परिचय भयो, मित्रता गाँसियो तर पनि त्यस दिनको त्यो मेरो दृश्यले पागल बनायो र मैले तिमीलाई असल मित्रभन्दा पनि बढी उपमा दिए । आज मलाई अचम्म लाग्यो किनकि परिचय हुनुभन्दा अगाडी तिम्रो नाम मनमा गुन्जीयो, मनमा तिमी मुस्कुरायौँ र आखाँको मेरो लेन्सले तिम्रो तस्वीर कैद गरिसक्यो  र मलाई यस्तो लाग्यो किन म भित्र प्रश्न तेस्रिन्छ ? मेरो मनले भन्छ तिमीलाई माया गरौँ, मेरो मस्तिष्कले भन्छ तिमीलाई प्रेमले बाधौँ तर तिमीलाई कस्तो लाग्छ ? म तिमीलाई निश्वार्थ प्रेम गर्छु भनेर त भन्न सक्दिन किनकी मेरो प्रेममा पनि केही स्वार्थ लुकेको छ, मलाई यस्तो लाग्दछ तिमीलाई चाहानु नै स्वार्थ हो ।
फुलिरहेको फुलमा भमराले छड्के नजर लगाउनु पक्कै पनि केही स्वार्थ हो । फुलिरहको फुलमा भमराले छड्के नजर लगाउनु पक्कै पनि स्वार्थ भन्दा टाढाको कुरा हुन सक्दैन । यो मलाई पनि थाहा छ कि म तिमीलाई भित्री हृदयदेखी माया गर्दछु तर तिमीले प्रमाण खोज्यौ भने म शिर झुकाउन बाध्य हुन्छु ।...
..


साच्चै नै म प्रेमको कुनै प्रमाण दिन सक्दिन । अरु प्रेमरोगीहरु भन्छन माया गरुन्जेल तिम्रो लागि छाती चिर्न तयार छु तर म छाती चिरेर घाउ बनाउन चाहन्न, नाडी काटेर रगत बगाउने आँट ममा छैन, मोटरबाइकमा सँगै टासिएर हिड्ने क्षमता म मा छैन ! केवल छ त मसँग निश्चल एंव चोखो माया । त्यसैले म तिमीलाई बिन्ति गर्छु तिमीले मसँग प्रेमको प्रमाण नखोज । मेरो प्रेममा भौतिक प्रमाण भन्दा आत्मासँग मेल छ ।

प्रिय म के भन्न चाहन्छु भने सँगै बाच्ने कसम खान्छु तर सँगै मर्ने कसम खान सक्दैन । जीवन हामीले सँगै जिएर बाच्ने जस्तो मृत्यु असम्चभव छ । किनकी भोली म मर्दा नत तिमीले सँगै चितामा जलेर खरानी बन्न सक्छौँ , न त म नै सक्छु । त्यसैले म तिमीलाई के भन्न चाहान्छु भने यर्थाथको धरातलभन्दा बाहिर टेकेर कसम खान चाहदैँन, शंका नगर है ल ! म तिमीलाई निश्चल माया गर्छु, यसको अर्थ तिमीले मलाई माया गर भनेर त भन्न मिल्दैन । मेरो प्रेम कुनै निती नियममा बाधीएको छैन । तिमी स्वतन्त्र छौ इच्छा भए हुन्छ नभए हुन्न भन । यदि तिमीलाई म भित्रको प्रेम स्वीकार भए प्रेमको ताली बजाउ यदि छैन भने विरोधको घण्टी बजाउ र म अब तिमी जस्तो शिक्षित नारीलाई धेरै भन्न चाहन्न । यति भन्दै यो प्रेमपत्रलाई बन्द गर्न चाहान्छु स्वीकार गर ल !

उही तिमीलाई हृदयदेखी नै चाहाने
निश्चल

सतिस भुषाल “निश्चल”
बुटवल–११, मालिकापथ

No comments:

Post a Comment

Search