गजल
योवनको प्यास बढ्यो बैसको मात चढे पछि
मनले अन्तै बसाई सार्यो धनको बयान गरे पछि
मनले अन्तै बसाई सार्यो धनको बयान गरे पछि
माया उस्को झुठो रैछ तर खान्थी वाचाकसम
साचो माया छुट्न रैछ झुठो कुरा भने पछि
म एक्लै जिउने छु तिमी टाढा भए पनि
उदाउन सक्दिन म ओझेलमा परे पछि
सोचे थिए जिवन भरि तिम्रो साथ पाउन्छु भनी
आशा पनि के रह्यो र साचोँ माया मरे पछि
सम्झनलाई रुमाल थियो हेर्नलाई फोटो अनि
उसले मलाई बिर्सी सकि शहर तिर झरे पछि
ध्वाजाध्वाजा मन अनि अस्तव्यस्त जिवन मेरो
पलाउनलाई गाह्रो हुन्छ, हरियो वन डढे पछि
लाउनु शर्तलाई सके ज्यानको बाजी थापी थापी
मेरो साथ चाहदैँन रे आधीँ खोला तरे पछि
बिर्सनलाई गाह्रो मान्छन साचोँ माया लाउनेहरु
तिमीलाई पाउने आशा छैन अन्तै बसाई सरे पछि
Shreedhar Anuragi
Lumbini Banijya Campus
Butwal
Lumbini Banijya Campus
Butwal

No comments:
Post a Comment