साथी संसार यस्तै छ ( नेपाली गद्दय कबिता ) - Palpali Milan

Recent

11 November 2011

साथी संसार यस्तै छ ( नेपाली गद्दय कबिता )

Pierre-Auguste Renoir 157संसार यस्तै छ
साथी संसार यस्तै छ
कहि कतै हार छ
कहि कतै जित छ
कतै उठिबास छ
कतै मधुमास छ

कतै मरिने त्रास छ
कतै भोग विलास छ
एकातिर उत्सव छ
अर्कोतिर विभत्स छ
कतै शान्तीको बुद्द छ
कतै बेजोडको युद्द छ
कतै पिडाको भारी छ
कतै सुहागरातको तयारी छ

Vasilchikovi, 1830s by Sokolov Pसंसार यस्तै छ
साथी संसार यस्तै छ



न बाँच्नुको अर्थ
न फूल्नुको अर्थ
चेतनाहिन प्रकृतिसामु
मानविय मर्यादा व्यर्थ
राम्रो नराम्रो भन्नु पनि व्यर्थ
न्याय अन्याय भन्नु पनि व्यर्थ


संसार यस्तै छ
साथी संसार यस्तै छ
न ताल छ
रसको भण्डार बन्द छ
कुनै भाव छैन
मात्र अभाव छ
न राग छ
मात्र विराग छ
न आशा छ
मन त्यसै उदास छ
आफू आफैसंग हतास छ

ईतिहास पनि यस्तै छ
हिजो जहाँ स्वर्ग थियो
त्यहिँ आज शमशान छ
स्वार्थका महल आलिसान छ
हानाहान घच्चाघमासान छ
संसार यस्तै छ
साथी संसार यस्तै छ
संसार यस्तै छ

साथी संसार यस्तै छ ( नेपाली गद्दय कबिता )
कवियत्री : बिना तामाङ 'सुनगाभा'
                काठमाण्डौं - नेपाल 

Search