दुख पर्दा तिम्रै तस्बीर शिरमा राखे आमा
सुख पनी दिन सकिन पिरमा राखे आमा
नदि जस्तै बगेर जाँदा आएर भेल बाढी,
तर्न पनी सकिन मैले तिरमा राखे आमा
चोटै चोटको मरुभूमीमा फसे र पो आज,
कति बाँच्छ्यौ डोको र नाम्लो साहरा लिएर,
छैन पैसा शहर पस्न भिरमा राखे आमा
निराशा जीवन पर्छ कि केही बनेर ढडिया,
पासो जस्तै आफैलाई नै निरमा राखे आमा
शिरमा राखे आमा ( नेपाली गजल )
बैरागी माईलो बिवश
गुल्मी हाडहाडे
Now in Dubai , United Arab Emirates

No comments:
Post a Comment