अन्तिम सास सम्म माया नमार्नु है सानु ( Gajal ) - Palpali Milan

Recent

19 November 2011

अन्तिम सास सम्म माया नमार्नु है सानु ( Gajal )

Axel Ender - Kvinne ved utsiktpost

एक्लै युद्द थाल्यौ अब नहार्नु है सानु
भाबुक बन्दै तड्पी आँसु नझार्नु है सानु


दिन्न भन्थें एक्लै लड्न झुक्याएर गयौ
यात्रा बिचमै अलपत्र नपार्नु है सानु



विस्वासको दियो बाली बस्छु तिम्रै नाउँमा
मलाई भेट्न आउने भाका नसार्नु है सानु ।

तिम्रै हुँ म तिमी मेरो मानेकी छु मैले
यो मन छोडि अर्कै बाग नचार्नु है सानु




जुनी भरि तिम्रै नामको सिन्दुर पोते लाउछु
अन्तिम सास सम्म माया नमार्नु है सानु




गजलकार
बिमला अधिकारी {देवकोटा}
भरतपुर चितवन
अन्तिम सास सम्म माया नमार्नु है सानु ( Gajal )

No comments:

Post a Comment

Search