तिम्रो घरको बाटो हूदैँ मैले यात्रा गरी रहेँ ( गीत ) - Palpali Milan

18 November 2011

demo-image

तिम्रो घरको बाटो हूदैँ मैले यात्रा गरी रहेँ ( गीत )


तिम्रो घरको बाटो हूदैँ मैले यात्रा गरी रहेँ
बोलाउछौ तिम्ले भनि मुस्कान मैले छरी रहेँ

छाडी गयौ दोबाटोमा प्रेमरुपको कसिलाई
आँखिरीमा दोष दियौ भाग्य लेख्ने मसिलाई

मुखले मात्र ठिक्क पार्ने गुनासोमा परी रहेँ
बोलाउँछौ तिम्ले भनि मुस्कान मैले छरी रहेँ

मनका चाहा पूरा गर्न बस्दै आँए एकान्तमा
हस्त रेखा हेर्दा आज दोष देखेँ लेखान्तमा

पल-पल जिन्दगीको यस्तै जङघार तरी रहेँ
बोलाउँछौ तिम्ले भनि मुस्कान मैले छरी रहेँ

तिम्रो घरको बाटो हुदै मैले यात्रा गरी रहेँ
बोलाँउछौ तिम्ले भनि मूस्कान मैले छरी रहेँ

Purna+Gorkhali+Muskan
पूर्ण गोर्खाली मुस्कान
गोर्खा - ३
मसेल ,सपुङ्गे

Search

Contact Form

Name

Email *

Message *