जन्मदिनको मिठो उपहार ( Nepali Katha ) - Palpali Milan

Recent

20 November 2011

जन्मदिनको मिठो उपहार ( Nepali Katha )


सुजित आज निकै खुशि छ नहोस पनि कसरि आज उसको प्रियशी सुजिताको जन्मदिन न पर्यो । अरु दिन भए राती नौँ बजेनै निद्रादेवीको काखमा मस्त निदाउने सुजित हिजो भने राति १२ बजेसम्म जागै बसि आफ्नी प्रियशीलाई जन्मदिनको शुभकामना दिएर अरु धेरै मिठामिठा कुरा गरेर करिब २ बजेतिर मात्र सुतेको भएरहोला आज ऊँ उठ्दा नौँ बजीसकेको हुन्छ ।

हिजो सुजितालाई भोली दश बजे क्याफेमा भेट्ने भनी गरेको वाचा सम्झी सुजित हतारहतार तयार हुन्छ सधैँझै आफुलाई मनपर्ने जीन्स र सुजिताले गिफ्टमा दिएको टिसर्ट र कन्र्भसमा । हतारै भएको भए पनि आफ्नो जुल्फि मिलाउन र पल्सर बाइक पुछपाछ गर्न पनी भ्याउँछ सुजितले अनि बाइक हुइक्याउदैँ लाग्छ सुजितालाई भेट्न क्याफेतिर ।
...


कानमा एयरफोन लगाई पाश्चात्य संगितको आन्नद लिदैँ तिव्र गतिमा बाइक कुदाउदैँ सुजित केही बेरमै क्याफेनिर पुग्छ अनि आफ्नो बाइक पार्किङ्ग गरेर क्याफे भित्र छिर्नै लाग्दा बल्ल आफुले सुजितालाई गिफ्ट ल्याउनै बिर्सेको सम्झेर आफुलाई मनमनै गाली गर्दै नजिकै रहेको गिफ्टसप तिर लाग्छ ।

गिफ्टसपमा गई गिफ्ट छान्दै गर्दा कोही बेस्सरी रोइरहेको सुनेर सुजितले पछि फर्की हेर्दा एउटा यस्तै करिब १५–१६ वर्षको एउटा केटालाई एउटा बुढो मान्छेले पिटिरहेको हुन्छ तर त्यो केटा भने त्यही मान्छेको खुट्टा छोपी केही मागिरहेको हुन्छ । यो सब के भइरहेको छ भनी जिज्ञाशा लागेर सुजित त्यतैतिर लाग्छ ।

ऊँ त्यहाँ पुग्दासम्म त्यो बुढो मान्छे अलि परै पुगिसकको हुन्छ तर त्यो केटा भनी त्यही बसेर डाँको छोडेर रोइरहेको हुन्छ । यो देखेर सुजितलाई निकै दया लाग्छ त्यो केटालाई नरुउ भन्दै सम्झाएर के भयो भनी सोध्छ।

धेरैबेरको सोधाइपछि र सुजितले फकाएपछि अश्रुमिश्रित स्वरमा सुकसुकाउदैँ त्यो केटाले आफु त्यही परको सुकुम्बासीको भएको र अहिले नजिकै रहेको स्कुलमा कक्षा दशमा पठ्दै गरेको र आज एस.एल.सी.को परीक्षा फर्म भर्ने अन्तिम मिती भएकोले र दशबजे भित्रमा फर्म भरीसक्नुपर्ने हुदाँ गिट्टी कुटेर जम्मा पारेको हजार रुपिया लिएर स्कुलतिर जान लाग्दा आफ्नो जड्याँहा बाबुले खोसेर लगीदिएकोले रोएको हो भन्छ र अब मैले एस.एल.सी दिन नपाउने भए भनी फेरी रुन थाल्छ ।

त्यो केटाको अवस्था देखी आफ्नो बाल्यकालमा आफुलाई पठाउन आफ्नो अभिभावकले गरेको संघर्ष सम्झी सुजितलाई त्यो केटाप्रति निकै दया लाग्छ र आफ्नो पर्शबाट हजारको नोट निकाली त्यो केटाको हातमा राखिदिन्छ र नरोऊ अब जाउँ गएर फर्म भर भन्छ ।

 आफ्नो हातमा रहेको हजारको नोट देखेर त्यो केटा निकै खुशि हुन्छ आशुँ पुच्छ र सुजितको खुट्टा ढोग्न खोज्छ तर सुजितले रोक्छ । अनि सुजितको हातमा रहेको घडी हेरी – “ओहो १० बज्न लाग्यो म जान्छु है दाजु, मैले हजुरको पैशा छिट्टै जम्मा पारेर दिन्छु, म बस्ने उ त्यही सुकुम्बासीमा हो ! काले भनेर सोध्नु भयो भने सबैले बताइदिनेछन ” भन्दै दौडिदैँ आफ्नो स्कुलतिर जान्छ ।

त्यो केटालाई सहयोग गर्न पाएकोमा र त्यो केटाको इमान्दारिता देखेर सुजित पनि खुशि हुन्छ र घडीमा हेरी ला ! दश बजीसकेछ अब सुजिताले मार्ने भइन अझ गिफ्ट पनि लिएको छैन मनमनै सोची यसो पछाडि के फर्केको थियो सुजिता उसकै पछि उभिइरहेकी हुन्छिन । अब आज मर्ने भइयो भनी डराउदैँ सुजित सरी लेट भयो मैले त तिम्रो लागि गिफ्ट पनि लिन भ्याएको छैन नरिसाऊँ है बरु मैले तिमीले भनेकै गिफ्ट किनिदिउला नि भनी कान समात्छ ।

सुजितको कुरा सुनेर सुजिता रिसाएझैँ गर्दै सुजिततिर आउछिन । सुजितालाई त्यसरी आफुतिर आएको देखेर सुजित डराएर आखाँ चिम्म गर्दछ तर एकैछिन पछि ऊँ निकै अच्चम्मित हुन्छ जब सुजिताले उसका ओठमा लामो अनि कसिलो चुम्बन गर्छिन ।
1975 Quebec-Canada

सुजिता रिसाईन होली भनी डराइरहेको सुजित सुजिताको त्यो मिठो चुम्बन त्यो पनि सबैका सामु पाएपछि एकछिन त के भो भनी टोलाउँछ र लजाउदैँ सुजितातिर हेर्दै– जन्मदिन त आज तिम्रो हो ! तर मलाई यो मिठो उपहार के को लागि नि ! भनी सोध्छ ।

आफुले सबैको सामु चुम्बन गरेको महसुस गरेपछि सुजिता पनि लाजले एकछिन धपक्कै बल्छिन अनि आफ्ना मृगनयनी नयन झुकाउदैँ लजालु मुस्कान छर्दै खुशि मिसिएको स्वरमा–“मेरो जन्मदिनमा तिमीले अघिको त्यो बाबुलाई उसको भविष्य नै उपहारमा दियौँ मेरो लागि यो भन्दा ठुलो जन्मदिनको उपहार अरु के नै हुन सक्थ्यो र ?” भनी सुजितलाई आफ्नो कसिलो अंगालोमा बाध्छिन्


P.M.
जन्मदिनको मिठो उपहार ( Nepali Katha )

Search