**** रगत भन्दा गाढा हुन्छ मित्रता **** - Palpali Milan

Recent

04 January 2012

**** रगत भन्दा गाढा हुन्छ मित्रता ****

पानी भन्दा पातलो हुन्छ मित्रता
रगत भन्दा गाढा हुन्छ मित्रता
छोटो भन्दा छोटो हुन्छ कहिले मित्रता
जुनी-जुनी लामो हुन्छ कहिले मित्रता

कहिले माया भन्दा मीठो हुन्छ मित्रता
कहिले छायाँ भन्दा नजिक हुन्छ मित्रता
हिरा मोतीले किन्न सक्दैन चोखो मित्रता
मीठो बोलीमा हजारौ चोटी मारिदिन्छ मित्रता




 कहिले अजम्बरी बुटी हुन्छ मित्रता
कहिले जिऊदै मार्ने बेथा बन्छ मित्रता
आफ्नाले बोक्न नसक्ने पीर बोक्छ मित्रता
आफ्नालाई भन्नै नमिल्ने राज खोल्छ मित्रता

कहिले सुदामा झै गरिब बन्छ मित्रता
कहिले कृष्ण झै दानी हुन्छ मित्रता
कहिले मीराको प्रेम बन्छ मित्रता
कहिले राधाको कृष्ण बन्छ मित्रता
कवियत्री
निता के.सी. भट्टाराई
लैनचोर काठमाडौँ
**** रगत भन्दा गाढा हुन्छ मित्रता ****


No comments:

Post a Comment

Search