**** गाउँ **** - Palpali Milan

Recent

14 January 2012

**** गाउँ ****


तिम्रो गगनचुम्बी शहरको पछील्तिर 
मेरो सानो गाउँ छ
मूल सडक छोडेर कुनैदिन
यी नागबेलीहरु पैलाउदै आउ
यहाँ प्रत्येक घरहरुमा
तिमीलाई अटाउने ठाउँ छ ।

आएर हेर यो गाउँलाई
यहाँ हरठाउमा अभाव छ
तर आफ्नो भाग अरुलाई खुवाएर
आफु अघाउने मेरो गाँउ छ

छामेर हेर मेरो गाउँलाई
यहाँ हरठाउँ मा नै घाऊ छ
तर आफ्नो चोटहरु पन्साएर
हृदयभरी अरुलाई अताउने ठाउँ छ ।

झोपडीहरुले ठडिएको
आदिम मेरो गाउँकै अघिल्तिर
पुर्णेको जूनझै जग्मगाउने
झलमल्ल तिम्रो शहर छ
मूल सडकका रमिताहरु हुँदै
कुनैदिन म त्यता आए
भन मलाई कतै ठ्हर छ ???

रचनाकार 
सरन मुस्कान 
दार्जिलिंग 

No comments:

Post a Comment

Search