** झोली लिई हिड्नुपर्छ !! ** - Palpali Milan

14 January 2012

demo-image

** झोली लिई हिड्नुपर्छ !! **

Jane+Tamu+Gyanendra+gurung+%2528+nepali+boy+in+black+coat+%2529
माला लगाई त्यसैको, गोली लिई हिड्नुपर्छ
खच्चर सरी पिठ्युमा, झोली लिई हिड्नुपर्छ


नौँजवान हो हामी, देशको लागी सेवा गर्ने,
दुश्मन मार्ने कि मर्ने, बोली लिई हिड्नुपर्छ
खच्चर सरी पिठ्युमा, झोली लिई हिड्नुपर्छ !!


वीरको छोरा विरै हु, पछि हट्न जान्या छैन,
रङग खेली रगतकै, होली लिई हिड्नुपर्छ
खच्चर सरी पिठ्युमा, झोली लिई हिड्नुपर्छ


कति साथी सहिद भए, कति घाइते यहाँ
आफै बोक्ने बासको यो, डोली लिई हिड्नुपर्छ
खच्चर सरी पिठ्युमा, झोली लिई हिड्नुपर्छ



पूर्व मेचि महाकाली, जितको झन्डा उचाली
अत्याधुनिक विशेष, टोली लिई हिड्नुपर्छ!
खच्चर सरी पिठ्युमा, झोली लिई हिड्नुपर्छ
गजलकार 
Jane Tamu " Gyanendra "
Dhading - Nepal

Search

Contact Form

Name

Email *

Message *