साहित्यकार चाहा मेरो गजलकार नै बन्न सकिन
ओझेलमा पर्यो सबै चाहाना भीडमाझ रम्न सकिन
सयपत्री फुलको माला झैं छाती भित्र भित्रै गुथेर राखे
हजारौ कथा व्यथा उठ्छ मनमा किन भन्न सकिन
सजाएर राखौं भन्छु विध्या सरस्वतीको वरदान सरी
लाखौं तारा आँखामा चम्किन्छ मैले गन्न सकिन
डाँडा पाखा को कथा कोरी दिंदा जोसिन्छ हात मेरा
मचिएका छन् मुटुमा अनेकौं धड्कन खन्न सकिन
विरहले झन् उदासिंदै यीनै मस्तिष्कमा छुए पछी
काउकुती लाग्छ फेरी मेरो अंग अंगमा धान्न सकिन
गजलकार
अतित सुब्बा (लिङ्देन)
अतित सुब्बा (लिङ्देन)
No comments:
Post a Comment