Mig33 मा Chatt गरौ भन्छिन दमौलिकि अन्जिताले !! - Palpali Milan

24 January 2012

demo-image

Mig33 मा Chatt गरौ भन्छिन दमौलिकि अन्जिताले !!



पलपलमा सम्झिन्छिन रे तम्घासकी कबिताले
बिजयबीना मर्छु भन्छिन परासिकी सबिताले

जमुना रुदै लेख्छिन भेट गर्न छाडेउ भनी
रातभरि कल गर्छिन पर्वतकीकि अनिताले
बिजयबीना मर्छु भन्छिन परासिकी सरिताले

छाडि गईन साबित्राले पाल्पाली औठि चिनो
फोटो हेर्दै बस्छु भन्छिन स्याङजालि सरिताले

भेट भाथ्यो पुष्पासँग पोखरामा घुम्न जादा
चिठि आउन छोडयो भन्छिन बुटबलकि नमिताले
फोटो हेर्दै बस्छु भन्छिन स्याङजालि सरिताले

चितबनकि कल्पनाको जोबन ढल्किसक्यो अरे
Mig33माChatt गरौ भन्छिन दमौलिकि अन्जिताले
आखाँ सधै जुधाउछिन घरबेटि सञ्चिताले

पानि मुलको छोरी गुनको भन्ने गर्छन पण्डितबाले
अर्को जन्म भेटौ भन्छिन लोकतन्त्रकि नन्दिताले

पलपलमा सम्झिनछिन रे तम्घासकी कबीताले
बिजयबीना मर्छु भन्छिन परासिकी सबिताले

Bijay+Nepal

बिजय कुमार नेपाल निर्दोष
श्री विष्णु उ.मा.वि.
पोखराथोक, पाल्पा 

Search

Contact Form

Name

Email *

Message *