** यहाँ यस्तै हुन्छ हजुर ** - Palpali Milan

Recent

09 January 2012

** यहाँ यस्तै हुन्छ हजुर **





चाहा बेला साईनो लगाइ जात जोडी दिन्छ
फुलमात्र कहाँ हो र झारपात गोडी दिन्छ ।

लिन पर्ने जे छ सबै लिएर नै त छोड्छ
दिन पर्दा भने आफ्नो हात मोडी दिन्छ ।

खानलाई बाचा कसम खाएकै हुन्छ त्यहाँ
स्वार्थ पुरा गर्नलाई तर बात तोडी दिन्छ ।

यहाँ यस्तै हुन्छ हजुर यहाँ यस्तै हुन्छ
अँध्यारोमा आफ्नै छाँया साथ छोडि दिन्छ ।






चाहा बेला साईनो लगाइ जात जोडी दिन्छ
फुलमात्र कहाँ हो र झारपात गोडी दिन्छ ।


गजलकार
Sarita Sharma Samadarshi
Kalimpong, India
Now in Siliguri

No comments:

Post a Comment

Search