** धनकुटा बजार ** - Palpali Milan

09 January 2012

demo-image

** धनकुटा बजार **

Dambar+Poudel+Dhankuta+Nepal

सल्लेरीको काखैमा, धनकुटा बजार
जुनी जीउने एउटै हुन्छ, माया हजार

तमरको चिसो पानी, सल्लेरीमा बतास
युगौ युगलाई साँचे माया, नहोऊ तिमी हतास

सिन्धुवाको फलफुल सब्जी, धरान बजारलाई
मेरो जीवन तिमी नै हौ,भन्छु हजारलाई

भेडेटारमा पर्यटकको,लागेको छ घुइँचो
भागि जाउला गाउँघरलाई,नदिई हामी सुइँको

छिन्तांगका सुन्तला गुरासेमा चिया
एक छिन तिम्लाई नदेख्दा नि, मुटु हुन्छ छिया

बादलले घुम्टो ओढ्यो, हिले बजार माथि
तिमी र म जीन्दगीका, संगै जीउने साथी

कवी
डम्बर पौडेल
धनुकुटा नेपाल
** धनकुटा बजार **

Search

Contact Form

Name

Email *

Message *