** तड्पीएर बिछोडमा मर्छु जस्तो लाग्यो ** - Palpali Milan

Recent

18 January 2012

** तड्पीएर बिछोडमा मर्छु जस्तो लाग्यो **

ओईलीएको फुलबनी झर्छु जस्तो लाग्यो
तड्पीएर विछोडमा मर्छु जस्तो लाग्यो

वैगुनीलाई गुनैगुन्ले मार्नु पर्छ भन्छन्
तर अचेल वैगुनीसँग डर्छु जस्तो लाग्यो

अति भए खती हुन्छ भन्नु हुन्थ्यो बाले
उपायमा केहि न केही गर्छु जस्तो लाग्यो


मारे पाप पाले पुण्य मन्दिरको बस्ती छ त्याँ
पुण्य बन्न काँसीतिरै सर्छु जस्तो लाग्यो

लैजान्न म झुटोमाया लाऊनेलाई साथमा
एक्लै मैले सातसमुन्द्र तर्छु जस्तो लाग्यो

गजलकार
दिर्गराज गिरी प्रियसी
कैलाली नेपाल

No comments:

Post a Comment

Search