*** खै किन मानिन ?? *** - Palpali Milan

Recent

09 January 2012

*** खै किन मानिन ?? ***


रसिलो जोवन छाम्न, खै किन जानिन ।
पहिले मान्ने मायालूले, खै किन मानिन ।

सुन्दरी त एकसे एक, मरीहत्ते गर्थे तर
उनी बाहेक अरु कोही, खै किन छानिन ।

कस्सिएको बदन उनको, गाला राताराता
चूल्ठी समाई तान्न भनिन्, खै किन तानिन ।

जब मैले हुन्छ भने, उनको पालो फर्क्यो
पाको मौका अबसर मैले, खै किन ठानिन ।


पछुताएर के हुन्छ अब, मौका गुमे पछि
लाग्थ्यो तीर ठाउँमै धत, खै किन हानिन ।

लाउने खाने रहर सबै तरुनीका हुन्छन्
डिस्को पब खर्च उनको, खै किन धानिन ।
गजलकार 
Purna Bandhan
 Tikapur Nepal
Now in
Copenhagen, Denmark

No comments:

Post a Comment

Search