तिम्रो शहर कस्तो छ ? - Palpali Milan

Recent

29 January 2012

तिम्रो शहर कस्तो छ ?

माया पनि किन्न पाउने,तिम्रो शहर कस्तो छ ?
मन मुटु पिन्न पाउने,तिम्रो शहर कस्तो छ ?

त्यो आडम्बर देखा सिकि,ति विकृति छन् जता ततै
ईज्जत बेच्दै हिन्न पाउने, तिम्रो शहर कस्तो छ ?



आज यता भोलि उता ,जता ततै झुटको खेति
मायालु नै गिन्न पाउने, तिम्रो शहर कस्तो छ ?


सगै जिउने मर्ने भन्थ्यो,उस्ले आज हिड्यो नचिने झै
आफ्नै माया भिन्न पाउने, तिम्रो शहर कस्तो छ ?

फुल देखाई सिस्नो हान्ने ,अ रे बाबा मान्छे बेईमान
जिन्दगी नै छिन्न पाउने, तिम्रो शहर कस्तो छ ?

गजलकार
शान्ती अधिकारी
लमजुङ्ग नेपाल हाल नेपालगञ्ज

No comments:

Post a Comment

Search