*** गुलाबको तिखो काँडा हुन्छ थाहाँछ *** - Palpali Milan

Recent

18 January 2012

*** गुलाबको तिखो काँडा हुन्छ थाहाँछ ***


गुलाबको तिखो काँडा हुन्छ थाहाँछ ।
सुड्डी मरे सुड्डा राँडा हुन्छ थाहाँछ ।।

भैंसी राँगा लागे पछी हुन्छ सुत्केरी ।
कित पाडी कित पाँडा हुन्छ थाहाँछ ।।

जस्तै राम्रो मुहार भए पनि सबैको ।
अनुहारमा चुच्चो डाँडा हुन्छ थाहाँछ ।।


सोझा सिधा जनाताको खुन चुस्नेनै ।
कुर्सी माथि बसी साँडा हुन्छ थाहाँछ ।।

फोहर मैला सफा गर्न अल्छि गरेमा ।
पक्कै पनि हैजा झाँडा हुन्छ थाहाँछ ।।

कुच्चिएको कुनै पनि सामान नफेक ।
त्यस्कै अर्को नयाँ भाँडा हुन्छ थाहाँछ ?

जस्को धेरै पैसा अनी मोज मस्तिछ ।
उस्कै छोरा छोरी छाँडा हुन्छ थाहाँछ ।।

गुलाबको तिखो काँडा हुन्छ थाहाँछ ।
सुड्डी मरे सुड्डा राँडा हुन्छ थाहाँछ ।। 


गजलकार
Starhang Bantawa 'jalan' झुत्रेजेठा
jalan.smirti@gmail.com
इटहरी नेपाल ( हाल- यु ए ई 

No comments:

Post a Comment

Search