मुटुमा निशाना लगाउँदा रहेछन्..!! गजल । लक्ष्मण 'मिलन' विष्ट । - Palpali Milan

17 December 2013

demo-image

मुटुमा निशाना लगाउँदा रहेछन्..!! गजल । लक्ष्मण 'मिलन' विष्ट ।


मुटुमा निशाना लगाउँदा रहेछन्..!!
Laxman+Milan+Bistमुटुमा निशाना लगाउँदा रहेछन्..!!
यसरी धोकेवाज तड्पाउँदा रहेछन्..!!


शहिदको मुलुकमा रक्त तिँ पिपासु..
रगत पिएर अघाउँदा रहेछन्..!!


डढेलो लागेको जिन्दगी देखेर..
सपनाहरुले सताउँदा रहेछन्..!!


यो कस्तो अचम्म गजल पाठशालामा..
शिष्यले गुरुलाई पढाउँदा रहेछन्..!!

चिहानको त्यो माटो झिकेर पापीले..
सालिन्दार महल बनाउँदा रहेछन्..!

गजलकार
लक्ष्मण 'मिलन' विष्ट
कालिकास्थान, अछाम

Search

Contact Form

Name

Email *

Message *