Nepali shayeri ( Nepali SMS ) - Palpali Milan

19 October 2011

demo-image

Nepali shayeri ( Nepali SMS )


पवित्र माया हो मेरो होइन कुनै खेल
नाइँ भनी नगराइदिनु है मायामा मलाई फेल
संसार त्याग्न सक्छु तिम्रो लागी गर्ने छैन झेल
हुन्छ मात्र भनी देऊ भागौँला चढी दार्जिलिङ्गको रेल

I+love+you+banner+by+nepali+blog+palpali+milan
Nepali Shayeri in Nepali SMS Style

मिलनको सपना देखे मैँले
विछोडनै जीन्दगी हो भन्यौँ तिमीले
हाँसो र खुसी सबै दिए मैले
पीडा र वेदनाको उपहार दियौँ तिमीले....
....


सयौँ छन् मेरा सुख अनि दुःखका साथी
तर तिमीलाई नै राखेको छु सबैभन्दा माथी
जित्न  सकिन्न यो पापी जमानालाई पछि हटेर
साथ देऊ तिमीले मलाई सामना गर्नेछु डटेर





अभागी रहेछु म त कर्मैले ठगेको
तर भाग्य तिम्रो तारा जस्तै चम्किरहोस
असफलतानै असफलता रहेछ जीवनमा मेरो
तर जीवनपथ तिम्रो सदैव प्रगतिपथतिरै लम्किरहोस



हेरिदिन्छौँ  तिमी हेरिदिन्छु म पनि हासिदिन्छौँ  तिमी हासिदिन्छु म पनि
बोल्न खौँज्छौँ  तिमी बोल्न खौँज्छु म प नि भन्न सक्दिनौँ  तिमी सक्दिन म पनि
कति दिन बस्ने हो  यसरि ओ मेरी  प्यारी 
जिन्दगीनै बिताउने हो र यसै गरि 


सास लिन्छु तिम्रै लागि
धड्किन्छ मुटु तिम्रै लागि
झुटो म कहिले बोल्दिन
माया हाम्रो कहिले मर्दैन...
...

कति म मात्रै बोलु तिमीले नी केही जनाऊ
माया छ छैन मनको कुरा अब त खुलाऊ
लजाउनु किन पर्यो तिम्रै हु म हात समाऊ
छोडी डाहा गर्ने सबैलाई आऊ छुट्टै संसार बसाऊ






आशुँ र रोदनमै बित्ला जस्तो छ  जीवन मेरो
कामना गर्छु   मुस्कान  छाइरहोस ओठमा तिम्रो 
झुठो मायामा पारी बर्बाद पार्यौ  जीवन मेरो
चाहना यहि छ  फैलिरहोस गुनगान संसारमा तिम्रो 


निर्दयी छ रे यो संसार पापी जमाना





साथ तिमी भए सजिलै गर्नेछु सामना
जीवन तिम्रै नामलिई बिताउने चाहना
साथ पाए तिम्रो पुरा हुने थियो सपना


अनौठो छ मनको व्यथा उस्तै छ भावना
अनौठो छ मनको व्यथा उस्तै छ भावना
तिमीलाई पाउँ भनी दैवसित एउटै कामना
के कहिल्यै पुरा होला मेरो यो सपना ?


पाउन तिमीलाई हजारौँ कोसिश गरे मैले
त्यागमा पनि रम्न सक्नुपर्छ भन्यौ तिमीले
साथ दिन्छु भनी लाखौ वाचा गरे मैले
वाचा सबै झुठा हुन भनी तोड्यौ तिमीले
By : P.M.

Nepali Shayeri, Nepali SMS,
Nepali Gajal, nepali Sayeri,
Nepali Jokes .


साथी, मन पर्यो भने Like मा क्लिक गरिदिनुहोला  वा  हजुरको शायरी हामीसित बाड्न चाहनुहुन्छ भने
 तल रहेको कमेन्ट बक्स प्रयोग गर्नुहोला ....!!!  

Search

Contact Form

Name

Email *

Message *