*** पुर्णिमाको जुन जस्तै *** - Palpali Milan

Recent

27 January 2012

*** पुर्णिमाको जुन जस्तै ***

पुर्णिमाको जुन जस्तै झकमकाउँ छ यो मन
इन्द्रेणीको रंग बनी जगमगाउँ छ यो मन !!

जति टाढा हुन्छौ फेरी धड्की दिन्छ मुटु मेरो
झस्केर दुख्दा खेरी धकधकाउँ छ यो मन !!

सपनीमा देखे पनी बिलाई जान्छौ विपनीमा
ओइली झर्ने फुल झैँ गकमकाउँ छ यो मन !!



नजरका सामु जब तिम्रो रुपको हाँसो देख्छु
सयपत्रीको थुंगा सरी ढकमकाउँ छ यो मन !!

तिमी भित्र गगन चुम्ने सौन्दर्यको लालीले
आकाशको तारा जस्तै चकमकाउँ छ यो मन !!

गजलकार
अतित सुब्बा (लिङ्देन)

No comments:

Post a Comment

Search