** कुन देशको बासी हौ तिमी ? *** - Palpali Milan

27 January 2012

demo-image

** कुन देशको बासी हौ तिमी ? ***

anu+shah
 आधिरातमा बिउँझाई दिने
तिम्रो सम्झना कस्तो।
प्यासले छट्पटीएको बेला
खहरे खोला भेटे जस्तो।

 दिल र दिमागमा बहस पार्न सक्ने
तिम्रो जवानी कस्तो।

सारा बन्धन तोडेर
तिम्रो संसारमै रमाउँकी जस्तो।

कुन देशको बासी हौ तिमी
के कारणले आयौ?
बन्देज लगाएको तलाउमा
हलचल किन मचायौ?

कल्पना पो झन झन बढ्यो
तस्विर मात्रै हेर्दानी।
निदाउनै सकिन म
जता कोल्टे फेर्दानी।

कहीं तिमी मायावी संसारको
जादुगर त हैनौ?
आँखाको नशाले लठ्ठाएर
ज्यानै लिने त छैनौ ?

कवीयत्री
अनु शाह
काठमाडौँ नेपाल हाल Boston MA

Search

Contact Form

Name

Email *

Message *