** गजल ** - Palpali Milan

Recent

08 January 2012

** गजल **




जुत्ता बिना टाइ र शुटमा के हिंड्नु ठाँटिएर
व्यवस्था नै त्यस्तै छ यँहा के गर्नु राँकिएर ।।

ट्राफिकनियम कडा छ रे जरिमाना तिराँउछन
आँफु हिड्छन हेल्मेट बिना बाइकमा हाँकिएर ।।

धनीको दोष त माफि हुन्छ सम्झौता गरेपछी
निर्दोषिलाई नै दोषी मान्छन घुसद्वारा ढाँटिएर ।।

जुत्ता बिना टाइ र शुटमा के हिंड्नु ठाँटिएर
व्यवस्था नै त्यस्तै छ यँहा के गर्नु राँकिएर ।।





गजलकार
Sarita Sharma Samadarshi
Kalimpong, India
Now in Siliguri

No comments:

Post a Comment

Search