वचनले बाँधी दियौ तिम्लाई सामु देख्न पनि
आँट छैन तिम्रो नाममा एउटा पत्र लेख्न पनि।
सारा आसुँ तस्विर माथि खासालेर रुँदै बसें
चाहेर नि सकिन खै आँशुको मूल छेक्न पनि।
देखावटी नभएर साँचो मायाँ थियो मेरो
गडी सक्यो मुटु भित्र निकालेर फेक्न पनि
व्यर्थ भयो जीवन मेरो विस्वासमा पर्दा आज
चोट लाग्यो मुटु भरी सकिन खै सेक्न पनि ।
गाह्रो भयो गन्तव्यको संघारमा टेक्न पनि ।
गजलकार
बिमला अधिकारी {देवकोटा}भरतपुर चितवन
No comments:
Post a Comment