छोरोलाई बिर्तामा दिएको
आफ्नै खुकुरीको धारमा परे
धोको यत्ती नै रह्यो हजुर
आफ्नै मान्छेको घातमा म मरे ।
जयन्ती, जुलुस र हर्तालहरुमा
प्रतिदिन कैरा पाक्ने रुखो भुमिमा
कहाँ फुल्चन र रङीन सपनाहरु
छात्तिको कान्ला-कान्लासम्म्
जबसम्म फुल्दैन लाली गुरासरु
कहाँ सक्छन र हास्न
बलिवेदिमा ओइलाएका स्वप्नील बिपनाहरु ।
बुख्याचाहरु नरहोश केहि भनेर
आफ्नै हातले खेत सल्काए
धोको यही रह्यो हजुर
आफैले सल्काएको डरेलोमा
आफ्नै सन्सार सल्काए
लेखक
Saran Muskan
Darjeeling
No comments:
Post a Comment