फुलिरहोस हाम्रो माया । नेपाली गजल । श्रेष्ठ बसु । - Palpali Milan

Recent

09 February 2012

फुलिरहोस हाम्रो माया । नेपाली गजल । श्रेष्ठ बसु ।

आफन्तको माया मारी देऊ भनेकी होइन
आकाशको तारा झारी देऊ भनेकी होइन

चाहेकी हु मिठो दुई शब्द हासेर बोलेको
पिरतीको गंगा तारी देऊ भनेकी होइन

झुपडी मै पनी बास दिए पुग्नेछ मलाई
महलमा मैले सारि देऊ भनेकी होइन


सधैभरी जीत तिम्रै हात लागोस भनेथे
मेरो लागी तिमी हारी देऊ भनेकी होइन

फुलिरहोस हाम्रो माया एती मात्र सोचेकी
सुन्दर त्यो फूल बारी देऊ भनेकी होइन

गजलकार
श्रेष्ठ बसु
भैरहवा नेपाल हाल इजराएल
फुलिरहोस हाम्रो माया । नेपाली गजल । श्रेष्ठ बसु ।

No comments:

Post a Comment

Search