गीता दिदीका मुक्तकहरु । - Palpali Milan

04 February 2012

demo-image

गीता दिदीका मुक्तकहरु ।

Gita+thapa+Doshi+isarel

जति पिए पनि प्रेमको प्याला प्यास अधुरो
इच्छा शक्ति रोक्न सक्तैन विचरो मन बबुरो
जव निख्रिन्छ बल,बैंश तव चिन्तामा डुबेर
पछुताउँछ जिन्दगी धिपधिप दिप झैं मधुरो




भुमरी परि त्यो चिसो बतास छातीमाझ ठोकिन्छ
एकमुठ्ठी श्वासमा अड्केको जीवन बीचैमा रोकिन्छ
खाली हात आयौं खाली हात जान्छौं यो कुरा थाहै छ
रपनि यो मन संसारनै जित्छु भनेर कोकिन्छ

आकाश बीचका ती तारा टिपेर ल्याउ भन्दिन
जुनी जुनी सँगै बिताउने कसम खाउ भन्दिन
छिन्मै घाम छिन्मै पानी छिन्मै चल्छ हुरी बतास
सधैंभरि तिमीलाई मेरै गुणगान गाउ भन्दिन
रचनाकार
गीता थापा “दोषी”
हाल ईजरायल

Search

Contact Form

Name

Email *

Message *