** हर रात म प्रेमपत्र,तिम्रै लागि केर्दै छु ** - Palpali Milan

04 February 2012

demo-image

** हर रात म प्रेमपत्र,तिम्रै लागि केर्दै छु **

Roshan+Bhatta
हर रात म प्रेमपत्र,तिम्रै लागि केर्दै छु
हरपल म तिमि आउने,दोबाटोहरु हेर्दै छु

किन होला म तिम्रै यादमा हरक्षण डुबेको छु
बढ्छ सास अनि सुस्केरा, तिम्रै लागि फेर्दै छु

तड्पिन्छ मेरा तन अनि मन किन अचानक यहाँ
हेर्छु तस्बिर तिम्रै मेट्न तृष्णा,अंगालोमा बेर्दै छु



हरपल पाउन चाहना बढ्छ तिम्रा ति सुन्दर तन
यहि आशाले मैले तिमीलाई ,मेरै वरिपरी घेर्दै छु

हर रात म प्रेम पत्रहरु ,तिम्रै लागि केर्दै छु
हरपल म तिमि आउने ,दोबाटोहरु हेर्दै छु
गजलकार
रोशन भट्ट
दोहा-कतार

Search

Contact Form

Name

Email *

Message *