राजेश दाईका नेपाली मुक्तकहरु । - Palpali Milan

Recent

06 February 2012

राजेश दाईका नेपाली मुक्तकहरु ।

तिमीले लाउनी चोलि र सारी मन पर्छ
घोर्ले स्याल लुकि बस्ने बन घारी मन पर्छ
भन्न त नहुनि हो तर भन्नै मन लाग्छ हौ सानी,
तिमीले बोकि हिँड्ने त्यो क्या...भारी मन पर्छ ।

न त सारो न त गिलो भयो जीवन
बस्दा उठ्दा दुख्ने पिलो भयो जीवन
न त धाम्लो थेक्न सक्छ न त भाँचि जान्छ
यता उति हल्लि रहने किलो भयो जीवन ।


साँच्चै मलाई फूल भन्दा कांडा मन पर्छ
टाढा टाढा देख्ने अग्लो डांडा मन पर्छ
चुहेको हेर्न मज्जाले पो होकी खै सानी!
तप्प तप्प चुहि रहने भाँडा मन पर्छ ।

धर्म होस् या देउता होस् सबैको साझ हुनु पर्छ
दुख पिडा पर्दा जनलाई सबैको माझ हुनु पर्छ
तेरो मेरो देउता,धर्म,छुट्टा छुटै किन भन्ने ?
हामी जस्ताले यसो भन्न,हेर! लाज हुनु पर्छ

सत्य बोले पच्दैन थुइक्का ! थूक्छ यहाँ
जस्तो सुकै होस न "वहा" भने पुग्छ यहाँ
झुट्टो कति प्यारो भाको,मै हुँ भन्नेहरुलाई
उ विरुद्द सत्य बोले,हिँड्ने बाटो ढुक्छ यहाँ ।

रचनाकार
राजेश रुम्बा लामा "अतृप्त"
reasonlama_rumba@yahoo.com

No comments:

Post a Comment

Search