नरोई बसे मेरी सानु । नेपाली गजल । लक्ष्मन मिलन विष्ट । - Palpali Milan

Recent

13 February 2012

नरोई बसे मेरी सानु । नेपाली गजल । लक्ष्मन मिलन विष्ट ।

मानो मुठो गरी खानु फर्किन्छुँ फर्किन्न म
नरोई बसे मेरी सानु फर्किन्छुँ फर्किन्न म

समयको खेल न हो जे पनी हुनसक्छ
छाउनु छ घरको छानु फर्किन्छु फर्किन्न म

हे नेपाली धर्तिमाता छोडेर तिम्रो काख्मा
म हुदैछु आज् बि-रानु फर्किन्छु फर्किन्न म


मुटुमा पिर बोकी मायाको मन्दिर बोकी
परेको छ टाढा जानु फर्किन्छु फर्किन्न म

बाँच्न सम्म गास् चाहियो बास् चाहियो
मरी गए के छ लानु फर्किन्छुँ फर्किन्न म

भगवानलाई के दोष दिउ आफ्नै भग्य कम्ती
पुर्पुरोमा कती हानु फर्किन्छुँ फर्किन्न म !!

गजलकार
लक्ष्मन मिलन विष्ट
कालिकास्थान, अछाम हाल मुम्बई

No comments:

Post a Comment

Search