आशुँका छालहरु संग । नेपाली कविता । सन्जना खड्का । - Palpali Milan

13 February 2012

demo-image

आशुँका छालहरु संग । नेपाली कविता । सन्जना खड्का ।

sanjana+khadka+ktm+nepal+now+in+switjerland+jenava
आशुँका छालहरु संग
म छलाङ मारिरहदा
तिमी बगेनौ दु:ख ले
बिमोचित चोटहरु बोकेर
म पौडीरहदा
कहिल्यै धाप मारेनौ मेरा आर्तनादहरुमा
केवल चिहाइरह्यौ किनारा बाट
कहिले म डुबेको
कहिले म तैरिएको

हो,
शायद पहिरोको बुटयान थिए म
पुरिय तिम्रो समिप मा
तर मुस्कुराइरहनु तिमी
यो पहाड पारीको
त्यो हिमाल झै ।।

कवियत्री
सन्जना खड्का
काठमाडौं नेपाल
हाल जेनेभा स्विजरल्यान्ड ।
आशुँका छालहरु संग  ।  नेपाली कविता । सन्जना खड्का ।

Search

Contact Form

Name

Email *

Message *