बुढेस कालमा फोस्रो माया,लाएर खै के भो
बिना दाँतको मकै भट्मास्,खाएर खै के भो
माया लाई गीत बनाई,गुन्-गुनाउला भन्थे
स्वारै भासियो अब गीत्,गाएर खै के भो
समय को गती संगै ,ढल्की गयो उमेर
जुङ्गा दारी फुले पछि,आएर खै के भो
उस बेलामा बेला बखत्,भेट हुन नै गाह्रो
प्राण पंक्षी उड्ने बेला,धाएर खै के भो
हज्जारौ ति मनका रहर्,कुहेर नास भए
मर्ने बेला हरियो काक्रो,पाएर खै के भो
बिना दाँतको मकै भट्मास्,खाएर खै के भो
माया लाई गीत बनाई,गुन्-गुनाउला भन्थे
स्वारै भासियो अब गीत्,गाएर खै के भो
समय को गती संगै ,ढल्की गयो उमेर
जुङ्गा दारी फुले पछि,आएर खै के भो
उस बेलामा बेला बखत्,भेट हुन नै गाह्रो
प्राण पंक्षी उड्ने बेला,धाएर खै के भो
हज्जारौ ति मनका रहर्,कुहेर नास भए
मर्ने बेला हरियो काक्रो,पाएर खै के भो
गजलकार
योगेन ढोली
लुक्ला,सोलुखुम्बु
No comments:
Post a Comment