घर भत्किंदा भन्दा गाँस खोसिंदा मन रोयो
बाँच्छु भन्ने रहरको सास रोकिंदा मन रोयो
आँशु त त्यस्तै हो जथाभावी छताछुल्ल हुन्छ
निष्ठुरीको त्यो पछ्यौरीमा पोखिंदा मन रोयो
ज्वलनशील छ जीवन र आत्मा जताततै
बिनाकारण सानो मुटु झोसिंदा मन रोयो
कल्पनामा सपनाको संसार सजाऊँदै थिएँ
अनायास नै पत्थरसित ठोकिंदा मन रोयो
सानो तर बहुमूल्य "शाश्वत" को मन थियो
सम्पत्ति जोख्ने तराजुले जोखिंदा मन रोयो
बाँच्छु भन्ने रहरको सास रोकिंदा मन रोयो
आँशु त त्यस्तै हो जथाभावी छताछुल्ल हुन्छ
निष्ठुरीको त्यो पछ्यौरीमा पोखिंदा मन रोयो
ज्वलनशील छ जीवन र आत्मा जताततै
बिनाकारण सानो मुटु झोसिंदा मन रोयो
कल्पनामा सपनाको संसार सजाऊँदै थिएँ
अनायास नै पत्थरसित ठोकिंदा मन रोयो
सानो तर बहुमूल्य "शाश्वत" को मन थियो
सम्पत्ति जोख्ने तराजुले जोखिंदा मन रोयो
गजलकार
शाश्वत ढुंगाना {गोविन्द}
निष्ठुरीको त्यो पछ्यौरीमा । नेपाली गजल । शाश्वत ढुंगाना "गोविन्द" ।
No comments:
Post a Comment