चखेवाको जोडी झैँ हाम्रो जोडी । नेपाली गजल । रोशन भट्ट । - Palpali Milan

08 February 2012

demo-image

चखेवाको जोडी झैँ हाम्रो जोडी । नेपाली गजल । रोशन भट्ट ।

Roshan+Bhatta
त्यो शान्त र निर्दोष भावना मेरो,किन आज तोड्यौ
बहिरहेका ति मायाका डुंगा किन,सागर बीच छोड्यौ

वाचा कसम खायका थियौ संगै जिउने अनि मर्ने भनि
बिर्सी दियौ कसम हाम्रा त्यो जीवन,किन अन्तै मोड्यौ

चखेवाको जोडी झैँ हाम्रो जोडी कुन दैवले आज छुटायो
छोडी यो मुटु तिमिले सुटुक्कै नाता,किन अन्तै जोड्यौ


बैशालु ति तिम्रा मनका चाहनाहरु बुझ्न नसकेर पो होकी
भुली यो दिलको घर ति तिम्रा रहरहरु,किन अन्तै गोड्यौ

त्यो शान्त र निर्दोष भावना मेरो,किन आज तोड्यौ
बहिरहेका ति मायाका डुंगा किन,सागर बीच छोड्यौ

गजलकार
रोशन भट्ट
दोहा-कतार

Search

Contact Form

Name

Email *

Message *