***** तडपिएको मुटुको प्रेमपत्र **** - Palpali Milan

Recent

25 February 2012

***** तडपिएको मुटुको प्रेमपत्र ****

**** तडपिएको मुटुको प्रेमपत्र -०१ ****

आज किन उनको मौनता बुझ्न सकिरहेको छैन ?  लाग्यो मलाई किन आज यो मेरो प्यारो धरातल भासिए  जस्तो अनि यी मेरा मायालु प्रकृतिहरु म संग रिसायो जस्तो किन किन यस्तो आभाष हुन्छ मलाई मैले यो बुझ्न सकिरहेको छैन ।
                                       म बिन्ति गर्छु मेरी प्रकृति तिमीलाई मिल्छ भने भनिदेउ एकचोटी म संग टाढा हुनुको कारण यदि तिमीलाई म मन पर्दैन भन त्यो तिम्रो कोमल मुटुमा हात राखेर म तिमीलाई माया गर्दिन भनेर त्यसपछि म तिमी देखी टाढा कुनै उजाड बस्तीमा गइदिन्छु जँहा कोहि नहोस केवल तिम्रो याद होस् अनि त्यो तिरस्कार किनकी यी दुवै चिज मेरो जिन्दगीको लागी अति प्रिय छ जसबाट म मेरो मायाको स्पर्ष लिन सक्छु ,जसबाट मेरो तृष्णा पुरा गर्न अनि जसबाट म मेरो मृतु सजिलै वरण गर्न सक्छु ।

                                                                                                       यदि तिमी आफ्नै अस्तव्यस्ततामा हराएकी छौ भने भनिदेउ एकचोटी केवल म तिमीलाई कति माया गर्छु भनेर । बस यहि तिम्रा यी शब्दहरु मेरो लागी संजीवनी बुटी हुनेछ ताकी म यस रमणीय प्रकृतिमा हाँस्न सकुँ नाँच्न सकुँ अनि बाँच्न सकुँ केवल तिम्रो लागी केवल तिम्रै मायाको प्रेम पुजारी बनेर यस धरातलमा कोही त मेरो साथी छ भनेर ।

 **** तडपिएको मुटुको प्रेमपत्र -०२  ****

आज म अलिकति खुसी पनि छु र दुखी पनि किनकी बिगतका केहि दिनहरु देखी म र मेरी मायालु प्रकृति जसलाई म अति नै माया गर्छु हाम्रो यो मायामा एक अनौठो किसिमको परिवर्तन देखी रहेको छु जुन यँहा सबै वर्णन गर्न गाह्रो छ ,र पनि केहि कुराहरु जो यी मेरा तडपिएको मुटु भित्र गुम्सेको छ ।
                                                                                                            हो म मेरी प्रकृतिलाई सारै माया गर्छु तर उनीले मलाई माया गर्छिन या गर्दिनन यो कुरा अलि अन्योल छ अझैपनि किनकी उनीले अझै भनेकी छैनन् कि म पनि हजुरलाई धरै माया गर्छु भनेर र म त्यहि दिनको प्रतीक्षामा बसिरहेको छु ।
                                                                                                                                  हर दिन म उनि आउने  बाटोहरु  कुरी बस्थे  केवल   उनको दर्शन गर्नलाई र एक शब्द बोल्नलाई किनकी उनको दर्शनले मलाई पवित्र तिर्थस्थलहरुको दर्शन गरेसरी अनुभूति दिन्थ्यो र उनका ति मधुर बोलीले जीवनमा एक नयाँ आयाम थपिदिन्थ्यो ।

तर खै आजभोली किन किन उनि मौन छिन तर जे होस् लाग्छ नारीमा एक आर्कै किसिमको लाज हुन्छ शायद त्यहि लाजको बन्धनले उनि बन्धित छिन सायद त्यहि कारणले हुनसक्छ उनीले आफ्नो मनको पोल्टो फुकाउन सकी रहेकी छैनन् ।

तर जे होस् मेरी प्रकृति तिमी मनमा लागेको ति तिम्रा रहर अनि चाहनाहरु भनिदेउ ताकी म मा एक नंया आभास होस् नया जोस होस् अनि नयाँ बिहानीको सुरुवात होस् ताकी म पनि भन्न सकुँ कि मेरी मनकी मायालु प्रकृति छिन भनेर अनि यो उजाड अनि उजाड जिन्दगीको पनि कोहि साथी छ भनेर ।

रचनाकार
रोशन भट्ट
दोहा-कतार
**** तडपिएको मुटुको प्रेमपत्र -०३ र ०४ Coming Soon ...... ****

No comments:

Post a Comment

Search