जुनेली रातमा उज्यालो छरी लाउँदैछु पिरती । गजल । अतित सुब्बा। - Palpali Milan

25 February 2012

demo-image

जुनेली रातमा उज्यालो छरी लाउँदैछु पिरती । गजल । अतित सुब्बा।

atit+Lingden
नाघेर दोबाटो भेट्नको निम्ति धाउँदैछु पिरती
जुनेली रातमा उज्यालो छरी लाउँदैछु पिरती !!

प्रियसी आउन अंगालो बाँध,मरेर के लानु छ
संगीत हालेर दोहरी गीत गाउँदैछु पिरती !!

नबन कहिले उदासी मन सम्माल त्यो जोवन
आँशुले छल्केर सितल बनी छाउँदैछु पिरती !!


नछुट्ने कसम खाएको थियौ सकिन भुल्न लाई
सपनी बनेर आएको साथ पाउँदैछु पिरती !!

सुसेली हालेर बोलायौ कान्छी मन मेरो फुरुङ्ग
उकाली ओराली भन्ज्यांग पारी आउँदैछु पिरती !!

गजलकार
अतित सुब्बा
झापा

Search

Contact Form

Name

Email *

Message *