मनमा माया साँचेर धेरै । गीति कविता । भरत तिमल्सिना । - Palpali Milan

25 February 2012

demo-image

मनमा माया साँचेर धेरै । गीति कविता । भरत तिमल्सिना ।

Bharat+Timilsina+darpan
मनमा माया साँचेर धेरै
म तिम्रै होनी भन्दिनौं,
बन्द गरेको मनको ढोका
खोली तिमी किन बोल्दिनौं ।।१।।

प्यास लाग्दा खोला होईन
तिमी आफैं धाउनै पर्छ,
मनको कुरा ओठमा ल्याई
तिमीले गित  गाउनै पर्छ ।।२।।


गाँठो पारी मनमा माया
तैपनि मनको कुरा खोल्दिनौं,
बन्द गरेको मनको ढोका
खोली तिमी किन बोल्दिनौं ।।३।।

नजिक आउन मेरो तिमीलाई
किन कसैको डर छ र !
नभनी नभनी त्यो मनको कुरा
त्यसै यो मनमा सर छ र ।।४।।

हेर्दा हेर्दै वषौं बितायौं
माया अब नि गर्छु भन्दिनौं
बन्द गरेको मनको ढोका
खोली तिमी किन बोल्दिनौं ।।५।।

कवी
भरत तिमल्सिना "दपर्ण"
बनेपा नेपाल ।

Search

Contact Form

Name

Email *

Message *