*** नैनाजीका मुक्तकहरु – २ *** - Palpali Milan

Recent

04 February 2012

*** नैनाजीका मुक्तकहरु – २ ***

व्यथा बोकेर कोशीको किनारा दुखेझैं लाग्छ,
गृहयुद्दको भुमरिमा सर्वहारा दुखेझैं लाग्छ
मनभरी अनगिन्ती बिरही तरंगहरु बोकेर,
अनकन्टारबाट देश नियाल्दै रारा दुखेझैं लाग्छ ।


तारा झार्छु भन्नेहरुले ब्ल्याक् होल झारेर बसे,
जनविश्वासको उर्वर सतहभरी खाल्डो पारेर बसे
जनचाहना र भावना बुझ्ने नेता को छ र यहाँ ?
बनाउँछु भन्दै फेरी संविधानको मिती सारेर बसे ।

निस्पन्दनले स्पन्दनसित केही खोलेझैँ लाग्छ,
यो मनले धड्कनसित केही बोलेझैँ लाग्छ
लोकतन्त्र भनेको त जनताको प्राण होइन र ?
तर कठीन जनजीवनले झन् पोलेझैं लाग्छ ।

रचनाकार
Naina Nirjharaa
Dhading Nepal

No comments:

Post a Comment

Search