** प्रेम शिवाय मेरो साथ केही पनि छैन ** - Palpali Milan

04 February 2012

demo-image

** प्रेम शिवाय मेरो साथ केही पनि छैन **

Biyogi+kaaila
प्रेम शिवाय मेरो साथ केही पनि छैन
दुःख शिवाय मेरो पास केही पनि छैन

सुखसँग चैन गर्ने महल किन्न सक्तीन म
जीवन भरी पैतालामा हात राख्न सक्तिन म
फुटेको यो हात शिवाय अरु मेरो केही छैन
अध्याँरो रात शिवाय बॉस मेरो काही छैन




आकाशको तारा झार्न कहिले पनि सक्तिन म
जुनेलिको जून झार्न कहिले पनि सक्तिन म
निलो आकाश शिवाय मेरो टहरो नै छैन
ढुंगा माटो शिवाय मेरो सहारा नै छैन

प्रेम शिवाय मेरो साथ केही पनि छैन
दुःख शिवाय मेरो पास केही पनि छैन
गीतकार
बियोगी काईला

Search

Contact Form

Name

Email *

Message *