ओकेल्नु न निल्नु गरी प्रेम दिएर गयौ । गजल । दिर्गराज गिरी 'प्रियसी'। - Palpali Milan

Recent

26 February 2012

ओकेल्नु न निल्नु गरी प्रेम दिएर गयौ । गजल । दिर्गराज गिरी 'प्रियसी'।

ओकेल्नु न निल्नु गरी प्रेम दिएर गयौ
म के भनौँ
फुकेको यो मन बेसैगरी सिएर गयौ
म के भनौँ

अबत केहि सारंस पाईन्छकी भनेर
बाटो लागेँ
आखीर मलाई भित्र भित्रै पिएर गयौ
म के भनौँ


मनभित्र रहर बनाउँछु भन्दै मलाई
लतारेर,
फेरीछौ मननै अर्कैसँग जिएर गयौ
म के भनौँ

हिजो एक थियौ आज अचानकनै
स्वरुप बदलेर,
हिसाब किताब बराबर लिएर गयौ
म के भनौँ

हामी भित्र भएका सम्झौताको सिमा
नाघेर के पायौ?
अन्ततः आफुनै हरपल खिएर गयौ
म के भनौँ

गजलकार
दिर्गराज गिरी प्रियसी
कैलाली नेपाल

No comments:

Post a Comment

Search