सुनामीको समाचार यो जिन्दगी .। गजल । श्रेष्ठ बसु। - Palpali Milan

26 February 2012

demo-image

सुनामीको समाचार यो जिन्दगी .। गजल । श्रेष्ठ बसु।

Shrestha+Bashu
समयको अगाडी लाचार यो जिन्दगी
आफ्नैले गरेको अत्याचार यो जिन्दगी !!

चाहेर पनी कहिले बिर्सनै न सक्ने
लाग्छ सुनामीको समाचार यो जिन्दगी !!

हजारौं लाखौं जमात को बिचमा पनी
नदेखिने कस्तो भ्रष्टचार यो जिन्दगी !!


गन्न छाडेछन् मान्छे ले मान्छे लाई यहाँ
कस्तो होला अनौठो आचार यो जिन्दगी !!

महान् विद्धान भनौदाको विचार संग
दाँज्दा लाग्यो आफ्नो कुविचार यो जिन्दगी !!

गजलकार
श्रेष्ठ बसु
भैरहवा नेपाल

Search

Contact Form

Name

Email *

Message *