** यो आँखामा तिम्रो रुप झल्केको झल्कै ** - Palpali Milan

Recent

03 February 2012

** यो आँखामा तिम्रो रुप झल्केको झल्कै **

यो आँखामा तिम्रो रुप झल्केको झल्कै
ज्यानमा लौ हेर आगो सल्केको सल्कै

गार्‍हो भयो लौन आज सम्झिदा अतित
मर्नै लागे दिलको व्यथा बल्झेको बल्झै

कस्तो जादु गार्यौ तिम्ले सकिन बुझ्नै
मन मेरो भो तिमीसँगै अल्झेको अल्झै


सक्दिन म बिर्सन नि तिमिलाई कसम
तिम्रो मिठो माया देखी पल्केको पल्कै

कठिन भयो आज साझ बिहानी काट्नै
तिमी सम्झी मेरो आँशु छल्केको छ्ल्कै

यो आँखामा तिम्रो रुप झल्केको झल्कै
ज्यानमा लौ हेर आगो सल्केको सल्कै

गजलकार
Starhang Bantawa 'jalan' झुत्रेजेठा
इटहरी नेपाल ( हाल- यु ए ई )

No comments:

Post a Comment

Search