** आँशुसँगै हाँसो बग्दा ** - Palpali Milan

Recent

03 February 2012

** आँशुसँगै हाँसो बग्दा **


एउटै यो मुटुमाथि लाखौँ भयो चोट
कति प्रहार गर्छौ दैव के छ ममा खोट ?

चाह पनि गरे थिएन डालीमाथि फूल्न
न त रहर गरें मैले निलो गगन डुल्न
आँशुसँगै हाँसो बग्दा बाँझै थियो ओंठ
कति प्रहार गर्छौ दैव केछ ममा खोट ?



साहस बोकी दियो बाल्छु पलपल हुरी चल्दा
लाचार मलाई नठान दैव कुनै पल म ढल्दा
असिनाले चुटी राख्छौ मेरो मनको बोट
अति भयो अब दैव केछ ममा खोट ?

एउटै यो मुटु माथि लाखौँ भयो चोट
कति प्रहार गर्छौ दैव केछ ममा खोट ?
गितकार
राजेश रुम्बा लामा "अतृप्त"
reasonlama_rumba@yahoo.com

No comments:

Post a Comment

Search