किन आउँछ चिहाउँन पापी जून रातमा ?? - Palpali Milan

Recent

04 February 2012

किन आउँछ चिहाउँन पापी जून रातमा ??

किन आउँछ चिहाउँन पापी जून रातमा
एक्लो प्रहर काटिरैछु कोही छैन साथमा ।

छट्पटिको दिक्दारीले रातै काट्न गार्‍हो भो
बिताइदिएँ सारा रात निष्ठुरिको यादमा ।

माँगु कस्लाई सहारा त्यो भरपर्दो भनेर
रित्तो मन तड्पी रैछ स्पर्ष छैन हातमा ।


अन्धकारमा यताउति छामी हेर्छु उस्लाई
अल्मलिंदै आफै फेरि सपनाको मातमा ।

मिर्मिरेमा झस्किन्छु म सपनीमा देखेर
हेर्न खोज्छु उन्को मुहार शितसरिको पातमा
गजलकार
Acharya Prabha
Jhapa Nepal हाल Denver, Colorado

No comments:

Post a Comment

Search