* आमा तिम्रो याद बड्दा रुन्छु धेरै धेरै * - Palpali Milan

Recent

06 February 2012

* आमा तिम्रो याद बड्दा रुन्छु धेरै धेरै *


आमा तिम्रो याद बड्दा रुन्छु धेरै धेरै
गाँउ सम्झी चेत बिहिन हुन्छु धेरै धेरै

राम्रो काम दिन्छु भन्यो खुशीहुँदै आए
जुठो भाडा गन्ध्ये लुगा धुन्छु धेरै धेरै

सानो सानो बच्चा हेर्दै दिन काट्नुपर्छ
बच्चा सुत्छ अनी कुरा गुन्छु धेरै धेरै


कोठाभित्र बस्छुपर्छ घुम्नजान दिन्नन
कस्तो कर्म भन्दै सिर छुन्छु धेरै धेरै

भाषापनी कस्तो होला बुझ्नै नसकिले
त्यसैले नै गाली दिन्कै सुन्छु धेरै धेरै

आमा तिम्रो याद बड्दा रुन्छु धेरै धेरै
गाँउ सम्झी चेत बिहिन हुन्छु धेरै धेरै

गजलकार
Starhang Bantawa 'jalan'
इटहरी नेपाल ( हाल- यु ए ई )

No comments:

Post a Comment

Search